२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

एसिसी महिला एसिया कपः नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने

श्रीलंकामा जारी एसिसी महिला एसिया कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।  

दम्बुलामा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । खेल नेपाली समय अनुसार सवा ७ बजे सुरु हुनेछ।  

समूह एमा रहेको नेपाल लगातार दोस्रो जित निकाल्खै सेमिफाइनलमा स्थान बनाउने योजनामा हुनेछ। आइतबार नै भएको अर्को खेलमा भारतले यूएईलाई ७८ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ। 

नेपालले पाकिस्तानलाई पराजित गरे नेपालसँगै भारत पनि अन्तिम चारमा प्रवेश गर्नेछन्। पाकिस्तान र यूएई एक खेल अगावै प्रतियोगिताबाट बाहिरिने छन्। पाकिस्तानसँग पराजित भए नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार भारतलाई हराउनु पर्नेछ। साथै पाकिस्तान र यूएईबीचको खेलको नतिजा पनि कुर्नु पर्नेछ।  

प्रतियोगिताको उद्दघाटन खेलमा यूएईलाई ६ विकेटले हराउँदै इतिहास बनाएको नेपाली महिला टोली पाकिस्तानविरुद्ध पनि सोही लय कायम राख्ने योजनामा हुनेछ। सन् २०१२ र ०१६ मा एसिया कप खेलेपनि नेपालले सबै ९ खेलमा हार भोगेको थियो।  

प्रकाशित: ६ श्रावण २०८१ १८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App