१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

पाकिस्तान टीममा छैन एकता, एक अर्काबीच हुँदैन बोलचाल !

एक पटकको आईसिसी टी–२० विश्वकप विजेता पाकिस्तानको जारी विश्वकपको यात्रा टुङ्गिएको छ। सन् २००९ मा आईसिसी टी–२० विश्वकपको उपाधि विजेता एवं सन् २०२२ र २००७ को उपविजेता समेत रहेको पाकिस्तानले जारी सिजनमा राम्रो प्रदर्शन गर्न नसक्दा समूह चरणबाटै बाहिरिएको छ।

जारी सिजनमा पाकिस्तानले खेलेको ४ खेलमध्ये २ मा मात्रै जित निकाल्न सक्यो। जसका कारण सुपर ८ मा स्थान बनाउन नपाउँदै बाहिरियो। पाकिस्तानको प्रदर्शनलाई लिएर पाकिस्तानी समर्थक मात्रै नभई क्रिकेट जगतका अन्य दिग्गजले पनि प्रश्न उठाउँदै आएका छन्।

क्रिकेट क्षेत्रको बलियो दाबेदार मानिएको पाकिस्तानको प्रदर्शन राम्रो नहुनुमा टीमबीचको तालमेल प्रमुख कारण रहेको बुझिएको छ।

पाकिस्तान क्रिकेटका हेड कोच गैरी कस्टर्नले पाकिस्तान टीमबारे कुराकानी गर्दै विभिन्न खुलासा गरेका छन्। एक अन्तर्वार्ताका क्रममा गैरीले भने, ‘पाकिस्तान टीममा यति धेरै फुट छ की   टीमका सदस्यहरूबीच एक आपसमा कुराकानी समेत हुँदैन र एकता पनि छैन।’

पाकिस्तान क्रिकेट टीमलाई टीम भनिए पनि उनीहरूमा एकता समेत नरहेको भन्दै उनले भने, ‘टीममा एक अर्कालाई सहयोग र सपोर्ट गर्ने चलन छैन र कसैले एक अर्काको कुरा समेत सुन्दैन।’

उनले भने, ‘टीमका प्रत्येक सदस्य छुट्टाछुट्टै बस्छन्। कसैलाई कोहीसँग वास्ता हुँदैन। मैले धेरै टीमसँग काम गरेको छु। तर, पाकिस्तानी टीम जस्तो मैले यसअघि देखेको थिइन्।’

गैरीले पाकिस्तानी टीमका खेलाडीहरूको फिटनेशलाई लिएर पनि कुरा गरे। उनले सबै खेलाडी ग्लोबल स्टान्डर्डभन्दा निकै टाढा रहेको र सबै फिट नरहेको बताए।

पाकिस्तानी खेलाडीहरूको शट लेक्सन निकै खराब रहेको भन्दै पाकिस्तानको यो हालत भएको गैरीले बताए।

खेलाडीहरूबीको यहि बानीले टीमलाई कमजोर बनाएको भन्दै उनले सन् २०२३ मा भएको एक दिवसीय विश्वकप क्रिकेटमा पनि पाकिस्तानको खराब प्रदर्शन हेर्नुपरेको उल्लेख गरे।

प्रकाशित: ४ असार २०८१ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App