२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

प्लेयरर्स टु वाच–एसोसिएटकै उत्कृष्ट दीपेन्द्र

नेपालका भरपर्दा खेलाडी दीपेन्द्रसिंह ऐरी ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेदरल्यान्ड्ससँगको खेलका लागि नेपालका भरपर्दा खेलाडी हुन् । उनी एसोसिएटकै उत्कृष्ट अलराउन्डर हुन्। 

आइसिसीको ट्वान्टी–२० वरीयताको अलराउन्डर सूचीमा नै उनी दसौँ नम्बर छन्, जुन एसोसिएट क्रिकेटरकै सबैभन्दा ठूलो सफलता पनि हो । दीपेन्द्रका नाममा केही विश्व कीर्तिमान पनि छ । उनले ९ बलमा नै अर्ध शतक पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । ६ बलमा ६ छक्का प्रहार गर्ने ब्याटरको सूचीमा पनि उनको नाम समावेश छ । ट्वान्टी–२० क्रिकेटमा उनी नेपालका सर्वाधिक ९१६२६ रन० रनकर्ता पनि हुन् । बलिङमा पनि दीपेन्द्र नाममा ३७ विकेट छ । फिल्डिङ पनि उनको उत्कृष्टता विपक्षी ब्याटरका लागि छोटो रन लिन सहज हुने छैन ।

ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा राम्रो योगदान दिन सक्ने दीपेन्द्र नेपालको जितमा बलियो आधार बन्न सक्छन् । तर, उनले पछिल्ला चार अभ्यास खेलमा चोटका कारण गुमाएका थिए । अमेरिकासँगको अभ्यास खेलमा उनी प्लेइङमा ११ मा  समावेश थिए । तर, वर्षा कारण खेल हुन सकेन । खेलअगाडि ग्रान्ड प्रेरी स्टेडियममा भएको अभ्यासमा दीपेन्द्र पूर्ण फिट देखिएका छन्, जुन सुखद पक्ष पनि हो । पछिल्ला केही खेलमा मैदान बाहिर रहेका दीपेन्द्रको परीक्षा सीधै विश्वकपको पहिलो खेलमा हुने भएको छ । तर, पनि अनुभवी दीपेन्द्र प्रभावकारी बन्ने सक्ने खेलाडी हुन् ।

प्रकाशित: २२ जेष्ठ २०८१ १९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App