१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

क्यानडाले दिएको १९५ रनको लक्ष्यसहित ब्याटिङ्गमा अमेरिका, गुमायो पहिलो विकेट

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु भएको छ। अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटमा २० टिमले सहभागिता जनाउँदैछन्।

प्रतियोगिताको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा भइरहेको छ। अमेरिकाको ग्रान्ड प्रेरी मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको क्यानडाले अमेरिकासमक्ष १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

निर्धारित २० ओभरको खेलमा क्यानडाले जम्मा ५ विकेट गुमाएर १९४ रन बनायो। क्यानडाका लागि नवनित धलीवालले सर्वाधिक ६१ रनको योगदान गरे भने निकोलस किरटनले ५१ रनको पारी खेले। यस्तै श्रेयस मोभाले ३२ रन जोड्दा आरोन जोनसनले २३ रन जोडे।

अमेरिकाका लागि खलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान १/१ विकेट लिए।

अमेरिकाले जवाफी लक्ष्यसहितको ब्याटिङ्ग सुरु गरेको छ।

प्रकाशित: २० जेष्ठ २०८१ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App