१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

ललितपुर मेयर्स कप क्रिकेटः आयोजकलाई हराउँदै एपिएफ फाइनलमा

शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ को फाइनलमा पुगेको छ।

बुधवार भएको खेलमा आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै एपिएफले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई आठ विकेटले पराजित गर्दै एफिएफ एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको छ।

एपिएफले तीन खेलमा छ अङ्क बटुलेको छ। त्यस्तै सुदूरपश्चिमले दुई खेलमा चार अङ्क रहेको छ। यता ललितपुरको तीन खेलमा दुई अङ्क रहेको छ भने समान दुई÷दुई खेल खेलेका कोशी प्रदेश र बागमती प्रदेश अङ्कविहीन छन्।

आजको खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य एपिएफले नौ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउदै पूरा गर्यो। एपिएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक ५० रनको योगदान दिइन्। उनले ३५ बलमा आठ चौकासहित ५० रन बनाइन्।

त्यस्तै ममता चौधरीले २१ बलमा एक चौकासहित १६ रन बनाइन् भने इन्दु बर्मा र रोमा थापा समान एक ÷एक रनमा अविजित रहे।

ललितपुरका लागि कृतिका मरासिनीले दुई विकेट लिइन्। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ७१ रनको योगफल बनाएको थियो।  कप्तान पुजा महतोले सर्वाधिक २४ रन बनाइन्। उनले ३९ बलमा एक चौकासहित २४ रन बनाइन्। त्यस्तै ज्योत्स्निका मरासिनीले ३९ बलमा १ चौका नै प्रहार गर्दै २१ रन जोडिन्।

एपिएफका लागि रेखा रावल र कप्तान सीता रानामगरले समान एक÷एक विकेट लिए। विभिन्न पाँच टोली सहभागी उक्त प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुँदैछ। लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २ जेष्ठ २०८१ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App