१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विद्यालय खेलकुद शिक्षक तालिम सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्य तथा एन प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा विद्यालय खेलकुद शिक्षक तालिम आज बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ।

तालिमको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने हो भने विद्यालय खेलकुदलाई विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए।सो अवसरमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० का निर्देशक कृष्ण तिमिल्सिनाले सानको उद्देश्य बारे प्रकाश पारेका थिए।

तालिममा काठमाडौंका २०, भक्तपुरका १० र ललितपुरका ५ गरी ३५ जनाको सहभागिता रहेको आयोजकका अध्यक्ष अमृत खड्काले जनाएका छन्।सहभागीलाई स्पोर्ट्स साइकोलोजी, स्पोर्ट्स मेडिसिन, जीटीएमटी, बायो मेकानिक्स, एकसरसाइज फिजियोलोजी, फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, बास्केटबल र कबड्डीका विषयमा ज्ञान दिइने छ । तालिम माघ १० गतेसम्म सञ्चालन हुने आयोजकका उपाध्यक्ष प्रेमकुमार भुजेलले जनाएका छन्।

प्रकाशित: २५ पुस २०८० १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App