६ वैशाख २०८१ बिहीबार
समाज

प्रदेशिक कोभिड अस्पतालमा कोरोना संक्रमितको मृत्यु

प्रादेशिक कोभिड अस्पतालमा उचाररत धनुषाका ६० वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको छ। छातीमा समस्या भएर उपचारका लागि प्रादेशिक अस्पतालमा आएका उनको दश दिनअघि पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।

क्षयरोगी समेत रहेको उनको प्रादेशिक कोभिड अस्पतालको आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पताल संयोजक डा. जामुनप्रसाद सिंहले बताए। १८ दिनअघि प्रादेशिक अस्पतालको आइसियूमा राखेर उपचार हुँदै थियो उनले भने,‘पिसिआर रिपोर्ट पोजेटिभ आएपछि दश दिनदेखि कोभिड अस्पतालको आईसीयूमा उपचार भैरहेको थियो। ‘निमोनिया र कोभिडका कारण उनको स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको थियो,’ उनले भने, ‘क्षयरोग, निमोनियासँगै कोभिडको संक्रमण भएपछि उनको मृत्यु हुन पुगेको हो।’ शवलाई प्रादेशिक अस्पतालमा नै राखिएको छ। शव व्यवस्थापनका लागि नेपाली सेनाको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए।  

प्रादेशिक कोभिड अस्पतालमा ४२ वटा बेड क्षमता भएपनि   ५३ जना संक्रमित भर्ना छन्। लक्षणसहितका ३६ जना संक्रमित भर्ना छन्। यससँगै प्रदेश २ मा कोरोनाबाट मृतकको संख्या २९ पुगेको छ।  

उच्च ज्वरोले थलिएर स्वास फेर्न गाह्रो भएपछि उपचारको क्रममा आइतबार मृत्यु भएका धनुषाका एक सुरक्षागार्डको सोमबार पिसिआर रिपोर्ट पोजिटिभ आएको छ। मिथिला विहारी गाउँपालिका–५ ललियाका ५० वर्षीय पुरुषको आइतबार जनकपुरको कदमचोक स्थित विनय तारा फाउन्डेशन एन्ड क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। मृतक जनकपुरको विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालका सुरक्षा गार्डमा कार्यरत थिए।

 

प्रकाशित: २७ श्रावण २०७७ ०६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App