२७ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

गलत व्याख्या भयो, मैले पद मागेको थिएन: कुलमान

उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ ले रास्वपा सँगको सहमति भङ्ग भए पनि नयाँ शक्तिहरू मिलेर काम गर्नुपर्ने जनआकांक्षा अनुसार सहमति कार्यान्वयन भएको बताएका छन्।  

रास्वपासँगको एकता भाँडिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूको कुनै ठूलो मान नभए पनि सहमति कार्यान्वयनमा ढिलाइ भएको बताए।

घिसिङले भने, ‘हामीले पदको बार्गेनिङ गर्‍यौँ भन्ने कुरा आएको छ, त्यो गलत हो। म आफैँ पनि उपाध्यक्ष हुँ, त्यो पनि वरियता क्रममा धेरै तल भए पनि सहेर गएको थिएँ। मैले आज पनि म साधारण सदस्य भएर बस्छु र हाम्रा साथीहरूलाई केही व्यवस्थापन गरौँ पनि भनेका थिएँ।’

उनले समावेशिता, सङ्घीयता लगायतका विषयमा पूरक सम्झौता नभए पनि सहमति भंग भएको स्पष्ट पारे। घिसिङका अनुसार, ‘उहाँहरूले आज आएर एकतर्फी रूपमा सहमति भङ्ग भएको घोषणा गर्नुभयो। हामीले गरेका थिएनौँ। हामी छलफल गरेरै जान चाहन्थ्यौं।’ रास्वपासँगको सहमतिपछि उनीहरूले अनुभव गरेको १२ दिनलाई निकै पीडादायी रहेको उनले बताए।

 

प्रकाशित: २६ पुस २०८२ १८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App