१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला पारेको छ।

राति ९ः०० बजेसम्ममा गोरखातर्फ १८ वटा शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

‘शव धमाधम फेला परिरहेका छन्। हालसम्म १८ वटा फेला छ’, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ।

जिल्लाको गण्डकी गाउँपालिका वडा नं-८ धवादीघाट, वडा नं-६ भुम्लिचोक, गण्डकी-१ बुट्टार, वडा नं-४ फेवाटार र वडा नं-७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा उक्त शवहरू फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

प्रकाशित: १० भाद्र २०८३ २२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App