coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाली सेनालाई भारतले दियो १० वटा आइसीयु भेन्टिलेटर

भारतीय सेनाले नेपाली सेनालाई दशवटा आइसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ। ति सामान आइतबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आयोजित कार्यक्रममा हस्तान्तरण गरे।  

एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन्। यी भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ। यसको अलावा विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरुको ओसारपसारमा यी भेन्टिलेटरहरु सहज र उपयोगी हुने छन्। ति सामाग्री २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरका हुन्।

दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोग अन्तर्गत उक्त भेन्टिलेटरहरु उपहार स्वरुप प्रदान गरिएको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ।  

 

प्रकाशित: २५ श्रावण २०७७ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App