नेपाली कांग्रेसभित्रको विवाद चरम अवस्थामा पुगेको छ। गत बुधबार गगन थापा र विश्वप्रकाश शर्मा समूहले पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरेपछि कांग्रेसभित्रको विवाद झनै चुलिएको हो।
गगन पक्ष आगामी निर्वाचनमा आफ्नो आधिकारिकता कायम गर्न हिजो (बिहीबार) निर्वाचन आयोग पुगेको थियो।
आज भने नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्। स्रोतका अनुसार शुक्रबार बिहानै देउवा पक्षका नेताहरू कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन्।
पार्टीका नेता विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेतलगायतको समूह आयोगमा पुगेको छ। उनीहरूले निर्वाचन आयुक्तलाई समेत भेट्ने छन्।
यसैबिच, कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले बिहानैदेखि आयोग अगाडि धर्नामा बसेको छ। उनीहरूले आयोग घेर्ने समेत बताएको स्रोतले जनाएको छ।
गगन–विश्व समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसमा आधिकारिकता विवाद छ।





प्रकाशित: २ माघ २०८२ ०९:५९ शुक्रबार





