२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

बालेनप्रति ओलीको टिप्पणी : युवा राजनीतिमा आउनु राम्रो, तर जिम्मेवार हुनुपर्छ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी विरोध प्रदर्शनपछि प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा चर्चा भइरहेका काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहबारे बोलेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेनलाई प्रधानमन्त्रीका रुपमा उम्मेदवार घोषणा गरिसकेको छ।

यसबारे सोमबार रुसी टिभी आरटी इन्डियासँगको अन्तर्वार्तामा कसरी हेर्नुहुन्छ भनेर गरिएको प्रश्नको जवाफमा ओलीले भने, ‘उनी एक युवा हुन् र तपाईंले भन्नुभएको जस्तै एक राम्रो र्‍यापर। उनी राजनीतिमा रुचि राख्छन्, त्यो राम्रो छ। यदी राजनीतिमा आउन चाहेर कुनै दलमा सामेल हुनु सकारात्मक कुरा हो। म सकारात्मक सोचको सम्मान गर्छु। उनीहरू जिम्मेवार हुनुपर्छ किनभने अब राजनीतिक दल छ। अब जनतामा जानुपर्छ, जनताप्रति जिम्मेवार हुनुपर्छ।’

सोही क्रममा जब ओलीलाई तपाईं फेरि प्रधानमन्त्री बन्न सक्नुहुन्छ भनेर सोधियो, जवाफमा उनले भने, ‘हामी (एमाले) नेपालको सबैभन्दा लोकप्रिय पार्टी हौं, म त्यसको एक नेता हुँ। मैले विगत ६० वर्षदेखि देशको लागि सधैं काम गरेको छु।’

उनले आफूसँग प्रधानमन्त्री पदको एजेन्डा नभएको स्पष्ट पारेका छन्। उनले थप भने, ‘मेरो देशको सार्वभौमिकता मेरो देशको स्वतन्त्रता हुनुपर्छ त्यसैले म लोकतन्त्र फिर्ता ल्याउन चाहन्छु। संविधान उल्लङ्घन भएको छ। म फेरि देशलाई आफ्नो स्थानमा फर्काउन चाहन्छु।’

आगामी फागुन २१ को निर्वाचनमा ओली र बालेन शाहबिच झापा ५ मा कडा प्रतिस्पर्धा हुने चर्चाबिच उनको यो बयान आएको हो।

प्रकाशित: २ माघ २०८२ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App