coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मलको जोहो गर्न लकडाउनमै भौतारिदै किसान

असारसम्मका लागि पर्याप्त छ : कम्पनि

भैरहवा- मानो छरेर मुरी उब्जाउनका लागि हरेक वर्ष मलको अभाव झेल्दै आएका किसानलाई लकडाउनको समयमा पनि मलकै चिन्ताले पिरोलिएको छ । विगतका वर्षहरु झै यस वर्ष पनि अनुदानमा आउने मल अभाव हुने हो कि भनेर लकडाउनको अवधिमा पनि कृषकरु मलकै जोहोमा लागेका छन् ।

ओमसतिया–४का रामअवध व्याड र रोपािईका लागि सोमबार मल लिन भैरहवा साइकल लिएर आए । लकडाउनमा पनि मल पाइन्न भन्ने मानसिकताले उनी पाइउको बेला लगेर घरै राख्म भनि मलको जोहो गरिरहेका छन । भारतबाट पनि ल्याउने वातावरण छैन त्यही भएर पछि पाइनन भनेर अहिले नै जाहो गरिरहेको उनी बताउँछन् ।

 

त्यस्तै मर्चवारका मोलहु पनि पहिला अलि अलि गरेर भारतबाट मल ल्याउथे अहिले केही सस्तो पनि पथ्र्यो अहिले लकडाउन छ, दुवै देशमा प्रहरी छन सहज वातावरण पनि छैन सहकारी मार्फत मल किन्नका लागि लाइनमा बसेको बताए, बुधबारसम्म पाइएला भन्ने आशमा छन् ।

अनुदानित मल विक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले भने गोदाममा मल अहिले पर्याप्त रुपमा संचित गरेर राखिएको छ । मल आपुर्ती भइरहेको र केही आउने पक्रियामा रहेकोले यस वर्ष रोपाईसम्मका लागि मलको अभाव नहुने दाबी छ ।  माग बढ्दो छ, आपुर्ती सिमित छ, हरेक वर्ष किसानले प्रयोग गर्ने मलको परिमाण पनि बढ्दै गएको छ  तै पनि हामीले सक्दो प्रयास गरेका छौ अहिले सम्म मल पर्यापत रुपमा छ ।

प्रदेश ५, ६, ७ को व्यवस्थापन हेर्ने साल्ट ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालयले अनुदानित ३० प्रतिशत मल र आफै किनेर अन्य मल पनि विक्री वितरण गर्ने गरेको छ । कर्पोरेशनका सहायक महा प्रबन्धक हरि चन्द्र श्रेष्ठका अनुसार पर्याप्त रुपमा मल रहेको बताए । हामीसँग अनुदानका डिएपी ७१ हजार बोरा, यूरिया ५६ हजार, पोटास ८ हजार बोरा मौज्दात छ । केही आउने क्रममा पनि छ, यसको अलावा हामीले मलको अभाव सृजना नहोस भन्नका लागि विगत ४ वर्ष देखि अन्य एसएसपी, जिन्क, बोर्न, एमोनियम सल्फेट लगायतका मलहरु पनि विक्री वितरण गरिरहेका छौ । करिब ६० हजार बोरा ती मलहरु पनि मौज्दात छ मल अभाव हुदैन माग अनुसार डिलर मार्फत गइरहेको छ–सहायक महा प्रबन्धक श्रेष्ठले बताए ।  

डिएपी र युरियाको प्रयोगले उत्पादन बढ्छ भन्ने भ्रमले माटोमा अमलियपन बढ्दै गएको छ । माटो परीक्षण नगरी डिएपी युरियाको प्रयोगले माटोको पोषकतत्व विगार्ने भएकोले हामीले अन्य मलको विक्री वितरण गरीरहेका छौ यसले माटोलाई मुलायम राखी केही हद सम्म सुधार ल्याउछ महा प्रबन्धक श्रेष्ठले नागरिक न्यूजलाई भने ।  

अनुदानित मल ७० प्रतिशत सरकारी संस्थान कृषि सामग्री कम्पनीले विक्री वितरण गर्ने गरेको छ । भैरहवास्थित प्रदेशिक कम्पनिले प्रदेश ५ ६ ७ र स्याङजा जिल्लालाई मल विक्री वितरण गर्ने गरेको छ । कार्यालयको अनुुसार असार सम्मका लागि मल मौज्दात रहे पनि त्यस पछिको माग पूर्ति गर्न केन्द्रबाट पक्रिया अघि बढी १२ हजार ५ सय मेट्रिक टन डिएपीको सम्झौता पनि भइसकेको छ, किसानहरु मल अभाव हुन्छ की भने अत्तिए पनि मल अभावको अवस्था आउदैन प्रादेशिक कार्यालय प्रमुख अजय श्रीवास्तवले नागरिक न्यूजसँग भने ।

बन्दाबन्दीको अवस्था भएपनि एक साताबाट सहकारी मार्फत रुपन्देहीमा विक्री वितरण भइरहेको छ । रुपन्देहीका १६ वटै स्थानीय तहका २०३ वटा सहकारी मार्फत मलहरु बिक्री भइरहेको छ । नगरपालिका भित्रका सहकारीलाई हप्तामा १०० बोरा र गाउँपालिकामा रहेका सहकारीको संख्याको आधारमा १५० बोरा सम्म मल साप्ताहिक रुपमा दिदै आएको कार्यालय प्रमुख श्रीवास्तवले भने ।

कम्पनिका सूचना अधिकारी गणेश प्रसाद अधिकारीका अनुसार कार्यक्षेत्रमा मल अभावको सम्भावना छैन कम्पनिमा हाल ५ हजार मेट्रिक टन डिएपी, ६ हजार ६ सय मेट्रिक टन युरिया र एक हजार ५ सय २० मेट्रिक टन पोटास मौजदात रहेको छ । भएको मल र आउदै गरेको मलले असार सम्म अर्थात रोपाई सम्मका लागि पर्याप्त छ ।  

किसानहरुले समयमा आवश्यक मल, बिउविजन र सिचाईको साथै मलखादको अभावका कारण धानको उत्पादनमा गिरावट आउछ । कृषि मैत्री नभएकै कारण यस्तो समस्या झेल्दै आएको कृषक बताउछन । धानखेतीका लागि सुरुवाती चरणमा डिएपी र पछि युरिया मल अत्यावश्यक हुन्छ, मल अभाव हुन्छ कि भनेर किसानहरु लकडाउन अवधिमै मलको लागि भौतारिरहेका छन ।

डिएपी मल दुई हजार एक सय पचास, युरिया सात सय र पोटास एक हजार पाच सय पचास प्रतिबोरामा बिक्री गर्दै हुदै आएको छ । त्यस्तै साल्ट टेड्रिङले एसएसपी नौ सय साठी, जिन्क एक हजार बीस, बोर्न एक हजार चालिस र एमोनियम सल्फेट एक हजार तीन सय प्रति बोरा बिक्री गर्दै आएको छ ।

 

प्रकाशित: २ जेष्ठ २०७७ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App