१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीमाथि हातपात, पाँच जना पक्राउ

भैरहवा- सीमा सुरक्षा र लकडाउनमा खटिएका सशस्त्र प्रहरीमाथि स्थानीयले हातपात गरेका छन् । सीमामा ओहोरदोहोर रोक्न तथा लकडाउन कार्यान्वयन गर्न भैरहवा भन्सार कार्यालय पछाडी दशगजामा खटिएका सशस्त्रका सुरक्षाकर्मीमाथि सिद्धार्थनगर–१ नउडिहवाका युवाहरुले हातपात गरेका हुन ।

लकडाउन उल्लंघन गर्नेहरूलाई प्रहरीले चहलपहल नगरी घरै बस्न आग्रह गर्दैगर्दा युवाहरु आक्रमक भएर प्रहरीमाथि ढुँगा हानेका थिए । ढुँगा हानेपछि युवाहरुको समूहले दुबै प्रहरीमाथि हातपात गरेका थिए, दुई प्रहरी मध्ये एक जनालाई चोट लागी टाका लगाइएको छ भने अर्का एक जनामा समान्य चोट लागेको छ । लकडाउन विपरित शनिबार साँझ हुल बनाएर बस्दा प्रहरीले उनीहरुलाई सम्झाइरहेको बेला प्रहरीमाथि ईट्टाको टुक्रा प्रहार भएको थियो । सशस्त्र प्रहरी ३८ नं डण्डा गुल्मबाट खटिएको प्रहरी सीमामा पाल टाँगेको ठाउँमा गस्ती गइरहेको बेला १५–२० जना गाउँलेले अनुरोध नमानी प्रहरीसँग झगडा गरेका थिए ।

घटना भएको केही समयपछि सशस्त्र गुल्मबाट र जिल्ला प्रहरी कार्यालयले शंकास्पद ५ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ, व्यक्तिको पहिचान गरी कारवाहीका लागि प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक खड्गबहादुर खत्रीले बताए ।

प्रहरीका अनुसार गस्ती गएको बेला लकडाउन उल्लंघन गर्नेहरू आक्रमक भएपछि त्यस्तो घटना भएको हो । घाइते प्रहरीको अवस्था उपचार पछि सामान्य छ । एक जना ड्युटीमा छन् भने अर्का रेस्ट गरिरहेका छन् ।

प्रकाशित: ७ वैशाख २०७७ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App