२४ चैत्र २०८१ आइतबार
image/svg+xml १७:३३ अपराह्न
समाज

घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

बागलुङको तमान खोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

तनमाखोला गाउँपालिका-१ का ५० वर्षीय इन्द्रबहादुर घर्तीको आफ्नै घर नजिकै रहेको खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो। भिरबाट झण्डै एक सय मिटर तल खसेका घर्तीको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टर मार्फत मनिपाल हस्पिटल पोखरा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।  

प्रकाशित: २१ चैत्र २०८१ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App