१४ माघ २०८१ सोमबार
image/svg+xml
समाज

अछाममा गाईबस्तु चराउन जंगल गएका दुई किशोरी मृत फेला

अछामको ढकारी गाउँपालिका–८ घोडासैनमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्।

ढकारी गाउँपालिका–१ मा रहेको छिन्ने जंगलमा १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार दुवै मृतक किशोरी नाताले फुपू–भदै हुन्। प्रहरीका अनुसार सरस्वती र ईश्वरी शुक्रबार गाईवस्तु चराउन जंगल गएका थिए। तर, साँझसम्म घर नफर्किएपछि परिवारले आफ्नै पहलमा खोजी गरिरहेका थिए। यद्यपि, प्रहरीले यसबारे जानकारी पाएको थिएन।

‘शनिबार साँझ ६ बजेपछि मात्रै हामीलाई शव भेटिएको सूचना प्राप्त भयो,’ डीएसपी भण्डारीले भने, ‘किशोरी हराएको खबर यसअघि प्राप्त नभएकाले तत्काल खोजीकार्यमा जुट्न सकेनौं। अहिले रातिको समय भएकाले घटनास्थलको सुरक्षा मात्रै सुनिश्चित गर्न सकिन्छ। आवश्यक प्रहरी टोली परिचालन गरिएको छ। आइतबार बिहान प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाउने योजना छ।’

प्रकाशित: १२ माघ २०८१ २३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App