२६ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

रविको प्रतिरक्षामा १८ जना वकिल, अन्यका कति ? नामसहित

सूर्यदर्शन मुद्दाको थुनछेक बहस

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा थुनचेक बहस चलिरहेको छ। मंगलबारदेखि न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहस सुरु भएको हो। 

मंगलबार सरकारको पक्षबाट दुई जना वकिलले सात जना प्रतिवादीहरूमाथि बहस गरेका थिए। सरकारी वकिलको कार्यालयको तर्फबाट सहायक न्यायाधिवक्ता सुजता पौडेल र सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले थुनछेक बहस गरेका थिए। बहसमा उनीहरुले प्रतिवादीहरू प्रारम्भिक चरणमै दोषी देखिएकाले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताएका थिए। बुधबार भने सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएकाे छ।

सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका हुन् । बुधबार सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएसँगै बिहीबारदेखि जाहेरीवालाको तर्फबाट बहस हुने कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जाहेरीवालाको तर्फबाट भने १२ जनाले बहस गर्ने अदालत प्रशासनले जनाएको छ ।  जाहेरवालाको बहसपछि भने प्रतिवादीको तर्फबाट बहस हुने खनालले बताए।

रविको प्रतिरक्षामा १८ वकिल, छविको दुई जना मात्रै 

प्रतिवादीहरूको तर्फबाट बहस गर्ने वकिलहरूको भने संख्या धेरै छ। त्यसमध्ये रविको पक्षबाट प्रतिरक्षा बहस गर्नेको संख्या सबैभन्दा बढी १८ जनाले बहस गर्दै छन्। अदालतमा बुझाएको वकालतनामा अनुसार अधिवक्ताहरू रोहितराज बास्तोला, सुनीता रावत, सुरज बस्नेत, रमेश गिरी, रेनुकादेवी सिटौला, डा. नारायण घिमिरे, सुशील पन्त, कृष्णप्रसाद पराजुली, यज्ञनिधी न्यौपाने, डा. नारायणदत कँडेल, भिमराज पोखरेल, डिल्लीराम अधिकारी, कमलप्रसाद पोखरेल, गोविन्दप्रसाद अधिकारी, लेखनाथ सापकोटा, गिरीराज ओझा,  सञ्जय गोले र संकुचित प्रसाद सुवेदी रविको पक्षमा प्रतिरक्षा बहस गर्नेछन् ।

यस्तै नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशीको तर्फबाट भने दुई जना वकिलले प्रतिरक्षा बहस गर्दै छन्। अदालतमा बुझाइएको वकालत नामावलीमा दुई जनाको नाम उल्लेख छ।  जसमा भवानीप्रसाद बराल र दिलमाया भुजेलको नाम छ ।

त्यसैगरी लिला पछाईंका तर्फबाट चार जना वकिलहरूले  प्रतिरक्षा बहस गर्ने छन्। जसमा गणेशबहादुर भट्टराई, विष्णु पाठक, बीना खनाल र वेदनाथ भण्डारीको नाम छ । 

यस्तै रामबहादुर खनालको तर्फबाट पनि चार जनाले वकालतनामा दिएका छन् । जसमा विष्णुप्रसाद शर्मा,  उज्जलशंकर सापकोटा, मोहनबहादुर थापा र वीरेन्द्र केसी छन् । 

यस्तै आरती गुरुङ्गको तर्फबाट तीनजना वकिलले बहस गर्ने भएका छन् । अदालतमा पेस गरेको वकालतनामा अनुसार मनोज घर्ती मगर,  कृष्णप्रसाद श्रेष्ठ र विष्णुप्रसाद लम्सालले आरतीको प्रतिरक्षामा बहस गर्नेछन् । 

यता मीना गुरुङ्गको तर्फबाट भने बहस गर्ने एक जना वकिलको मात्र वकालतनामा परेको छ । 

पूरक जाहेरीपछि गत ५ र ७ पुसमा ६३ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यही मुद्दामा अहिले रास्वपा सभापति रवि, पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीवी राईसँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी लिला पछाई, साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, सञ्चालक कृष्णबहादुर गुरुङलाई अहिले अदालत उपस्थित गराएर बहस भएको हो ।

प्रकाशित: १७ पुस २०८१ १८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App