२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या पाँच पुग्यो

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ गइरहेको माइक्रोबस  र नारायणगढबाट मुग्लिनतर्फ आइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुको परिचय खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २३ कार्तिक २०८१ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App