जिल्ला प्रहरी कार्यालय कैलालीले लागु औषध (खैरो हेरोईन) सहित ४ जनालाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाच गर्दा टिकापुर नगरपालिका वडा नं. २ बिजयनगरका २३ वर्षीय मखन चौधरीको साथबाट ५० मिलिग्राम खैरो हेरोईन बरामद गरेको हो।
चौधरीले लगाएको पाईन्टको दाहिने गोजिमा लुकाई–छिपाई राखेको अवस्थामा लागु औषध फेला परेको प्रहरीले बताएको छ।
त्यस्तै उनको घरमा गएर चेकजाँच गर्दा थप ४३ ग्राम लागु औषध (खैरो हेरोईन) पनि बरामद गरेको हो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिगएको प्रहरी टोलीले गोदावरी नगरपालिका वडा नं.१ अत्तरियास्थित चुरे बस्ने वर्ष २१ का निराजन शाहलाई पनि हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल १ ग्राम २३० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित पक्राउ गरेको हो।
त्यस्तै धनगढीबाट बैतडी जान लागेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जिपमा सवार जिल्ला डोटी जोरायल गाउँपालिका वडा नं. ०२ भट्टेखोला बस्ने बर्ष अन्दाजी २४ को दिपक बिष्ट र सोही स्थानका २४ वर्षीय गोबिन्द बिष्टलाई अस्थायी प्रहरी पोष्ट खानिडाडाबाट खटिगएको प्रहरी टोलीले चेकजाँच गर्दा निज दिपक बिष्टको गोजीबाट कालो पोलिथिनमा बाधेको खैरो धुलो जस्तो देखिने शुद्ध तौल २ ग्राम ७९० मिलिग्राम लागु औषध(खैरो हेरोईन) गरी जम्मा ४७ ग्राम ७० मिलिग्राम लागु औषध(खैरो हिरोईन) फेला परेको हो।
पक्राउ परेका चारैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ कार्तिक २०८१ १०:२५ बिहीबार