३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

निजामती सेवा दिवसमा वृक्षरोपण

निजामति सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा शनिबार विभिन्न प्रजातिका वृक्षरोपण गरिएको हो। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले वृक्षरोपण गरेर निजामती दिवस मनाएको जानकारी दिए।

कार्यालयका अनुसार आँप, कागती र अन्य विभिन्न प्रजातीका फूलसमेत वृक्षरोपण गरिएको थियो। सो अवसरमा पर्सा जिल्लाका रहेका सरकारी कार्यालय प्रमुख तथा कर्मचारीको पनि उपस्थिति रहेको थियो।

यो वर्ष  ‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित निजामति सेवा दिवस मनाइँदैछ।

प्रकाशित: २२ भाद्र २०८१ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App