२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

तिनाउमा बगे दुई बालक, एक मृत भेटिए, एक बेपत्ता

आफन्तका घर आएका दुई बालक पौडी खेल्न क्रममा तिनाउ नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। रूपन्देहीको बुटवल उपमहानगरपालिका- ११ बुद्धनगर तिनाउ नदीमा उनीहरु पौडी खेल्न गएका थिए।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार बागलुङको बरेङ गाउँपालिका- ४ घर भई बुद्धनगर बस्ने १२ वर्षका विवश खत्री र रूपन्देहीको सैनामैना नगरपालिकाका ८ वर्षका विप्रन पाण्डेलाई तिनाउले शुक्रबार साँझ बगाएको थियो। तीनजना बालकहरू पौडी खेल्न गएका थिए। दुईजनालाई नदीले बगाएपछि अर्का एकजनाले आफन्तलाई खबर गरेका थिए।

विवश मृत भेटिएका छन् भने पाण्डेको अवस्था अझै पत्ता लाग्न नसेकेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरी भनाइ छ। 

प्रकाशित: १२ श्रावण २०८१ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App