२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

आजकाे तपाईंकाे राशिफल

मेष राशिः व्यवसायमा लगानीबाट उचित लाभ प्राप्तिमा कमी हुने छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। राजनीतिक सम्मान मिल्ने दिन छ। वाणी प्रभाव बढ्ने समय छ।

वृष राशिः सामाजिक प्रतिष्ठा र सम्मान मिल्ने छ। आफन्तबाट धन प्राप्त योग छ। पराक्रमबाट कार्यसिद्धिमा सामान्य ढिला हुने छ। अध्यनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ।

मिथुन राशिः व्यापार व्यवसायमा शुभ देखिन्छ। बाहिर हिंड्दा मतान्तर हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला दिन शुभ नै छ। स्वदेश तथा विदेश यात्राको योग रहेको छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

कर्कट राशिः विलासी क्षेत्रमा प्रवेश नगर्नु नै बेस हुन्छ। मिष्ठान्न भोजन, पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ। धन आर्जन हुने देखिन्छ।

सिंह राशिः अग्रजमा सामान्य रोग देखापर्नेछ। विद्या अध्ययनमा रुचि बढ्ने छ। उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने योग छ। वाणी प्रभाव वढ्ने छ। सामान्य आर्थिक लाभ हुने दिन रहेको छ।

कन्या राशिः समाजिक प्रतिष्ठा र सम्मान मिल्ने छ। अध्ययन अध्यापनमा सफलता मिल्ने छ। मित्रहरूबाट कार्यसिद्धिको योग छ। उन्नति हुने योग देखिन्छ। काम गर्दा विचार पु¥याएर गर्नु पर्नेछ। यात्रामा फल प्राप्त योग छ।

तुला राशिः धार्मिक कार्यमा रुचि बढ्ने छ। वैदेशिक उन्नतिमा शुभ देखिन्छ। भाग्य राम्रो छ। व्यापार व्यवसायमा थोरै मात्र लाभ हुने समय छ। विदेश यात्राको समय रहेको छ। विद्यार्थीका लागि पढाइ राम्रो हुने छ।

वृश्चिक राशिः आर्थिक यात्रामा प्रवेश मध्यम होला। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। मतान्तर हुनसक्ने हुँदा, जोगिनु होला। स्वास्थ्यमा सामान्य बिकार आउन सक्ने छ। मित्रसँग वैचारिक मेलको योग रहेको छ।

धनु राशिः अध्ययनमा सफलताको योग छ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। व्यापारको राम्रो फल प्राप्त हुने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। राजनीति क्षेत्रमा सफलता मिल्नेछ।

मकर राशिः वैदेशिक यात्राको योग देखिन्छ। नवीन कार्यमा हात नहाल्नु होला। व्यापार व्यवसाय गर्नेहरुलाई दिन राम्रो छ। धार्मिक कार्य गर्नु शुभ छ। परिवारमा धन खर्च हुने योग देखिन्छ। उन्नति प्रगति हुने देखिन्छ।

कुम्भ राशिः नयाँ कार्यमा बाधा आउने छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ। यात्रा गर्दा दिनको पूर्वार्द्धमै गर्नुहोला। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन कठिन हुनेछ। व्यापार व्यवसायमा हल्का फल प्राप्तिको योग छ।

मीन राशिः अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त होला। अन्य व्यक्तिबाट खर्च हुने देखिन्छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। अरुको सहयोग नलिइ आफै कार्य आरम्भ गर्नु होला। राम्रो फल प्राप्त हुने दिन छ।

प्रकाशित: १२ श्रावण २०८१ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App