२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सौर्य विमान दुर्घटना: शव जिम्मा लगाउन सुरु, आफन्त भने असन्तुष्ट

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव जिम्मा लगाउन थालिएको छ।

त्रिवि शिक्षण अस्पतालमा रहेको शव शुक्रबारदेखि परिवारलाई जिम्मा लगाउन थालिएको छ। अहिलेसम्म को–पाईलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव आफन्तले बुझेको अस्पतालले जनाएको छ।

अन्य केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन्। बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ।

बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: ११ श्रावण २०८१ १७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App