संसद् संवेदनशील बनोस्
जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था संसद् केही दिनयता अवरुद्ध छ । प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आएका छन् ।
जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था संसद् केही दिनयता अवरुद्ध छ । प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आएका छन् ।
प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने जानकारी पाएको अभिव्यक्ति संसद्मा दिएका थिए। त्यसप्रति विपक्षीले आपत्ति मात्र जनाएका छैनन्, उनीहरूले अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने अडान राख्दै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा योग्य, इमान्दार र सक्षम युवा नेतृत्वलाई पाँच वर्ष निर्भिक भएर काम गर्ने अवसर प्रदान गर्नुपर्ने बताएका छन्।
काठमाडौं बालाजु तारकेश्वरका ४२ वर्षीय कुमार थापाले गत शुक्रबार ४२ वर्षीया पत्नी ईश्वरी भुजेलको हत्या गरे। आपसी सम्बन्ध बिग्रिएपछि उनले पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको नेपाल प्रहरीले जनाएको छ।
मुलुकको आन्तरिक अर्थतन्त्र दबाब भए पनि बाह्य सूचक भने निकै मजबुत हुँदै गएका छन्। विप्रेषण (रेमिटेन्स) आप्रवाह ह्वात्तै बढेको छ।
प्रहरीले आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट गर्ने पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाली समाज बुल्गेरियाले बुल्गेरियामा रोजगारीका क्रममा असामयिक निधन भएका नेपाली नागरिक सुमन अर्यालको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री सुधन गुरुङको निर्णयको स्वागत गरेका छन्।
कोशी प्रदेशसभा बैठक जेठ २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जेठ २९ गते बस्ने जानकारी दिएको हो ।
यो अफर २०२६ जुलाई १९ सम्म मान्य हुनेछ। यो अफरअन्तर्गत छनोट गरिएको सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध छ।
छलफलमा विभिन्न क्षेत्रका गैरसरकारी संस्था, अधिकारकर्मी तथा सरोकारवालाहरूले आ–आफ्ना समुदायका आवश्यकता र चुनौतीलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिएका छन् ।
सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
दायर रिटमा गृहमन्त्रालय, मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड र सिरहाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन्।
ताप्लेजुङका स्थानीय तहका प्रमुखहरूले लेखा परीक्षणमा खटिएको मलेपको टोलीले स्थलगत रूपमै प्रारम्भिक प्रतिवेदन दिनुपर्ने माग गरेका छन्।