२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

मधेस प्रदेश लोक सेवा आयोगको अध्यक्षमा यादव नियुक्त

मधेस प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त भएका छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार यादवलाई  अध्यक्ष नियुक्त गरेकी हुन्।

शुक्रबार नै उनको शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सिरहा नगरपालिका-१३ गमहरिया निवासी यादव सडक विभागको हेबी इक्विपमेन्ट डिभिजन काठमाडौँमा कार्यरत थिए।

संघीय लोक सेवा आयोगको रोस्टर विज्ञको रुपमा काम गरिसकेका यादव मधेस लोकसेवा आयोगको दोस्रो अध्यक्ष नियुक्त भएका हुन।

मधेस प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले उमेर हदका कारण अवकाश पाएपछि शिवराम यादव नियुक्त भएका हुन्।

प्रकाशित: ११ श्रावण २०८१ १५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App