२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कपिलवस्तुमा बढे सम्बन्ध विच्छेदका मुद्दा , ५ वर्षमा १ हजार ५९२ मुद्दा दर्ता

कपिलवस्तुमा सबन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । नयाँ मुलुकी संहिता  लागु भए यता सम्बन्ध विच्छेदका घटनामा  बृद्धि भएको हो । नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढ्दै गएको हो ।

अदालतको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटना वृद्धि हुँदै गएका छन् । विगत पाँच वर्ष यता कुल १ हजार ५९२ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको अदालतले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आर्थिक वर्ष जिम्मेवारी सरेर आएका र गत वर्ष दर्ता भएका गरी कुल ४ सय ५० मुद्दा दर्ता भएका थिए ।  गत वर्ष नयाँ दर्ता २ सय ८६ र अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएका १ सय ६४ मुद्दा थिए । त्यस मध्ये  ३ सय ४४ मुद्दा फैसला भएको र १ सय ६ मुद्दा जिम्मेवारी सारिएको थियो ।

२०७९/०८० मा कुल ३ सय ४५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष जिम्मेवारी सरेर आएको १ सय ३४ मुद्दा थियो । गत आर्थिक वर्ष कुल ४ सय ७९ लगत मध्ये ३ सय १५ सम्बन्ध विच्छेदका फर्छ्यौट भई १ सय ६४ मुद्दा फर्छ्यौट हुन बाकी थियो ।  आव २०७८/०७९ मा कुल ५ सय १२ सम्बन्ध विच्छेदका मुद्दाको लगत थियो । त्यस मध्ये ३ सय ७८ फर्छ्यौट भई १ सय ३४ अर्को वर्षका लागि जिम्मेवारी सारिएको थियो । २०७७/०७८ मा २ सय ६८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । अदालतमा दैनिक एक दुई जना सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न आउने गरेका छन् । घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढ्दै गएको हो। महिलाहरु आफै वा कुनै माध्यमबाटै र पुरुषहरू  अदालत सम्म पुग्ने गरेका छन् ।अधिकांशको सम्बन्ध ३ देखि ५ वर्षमा टुङ्गिने गरेको छ।

 अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पती बढी छुट्टिने गरेका छन् । कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको हो । अधिकांश प्रेम विवाह गरेकाहरू  नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ ।‘ केटाले बाँड्ने र ठुलठुला सपना पुरा नहुँदा समस्या बढी रहेको छ ’ अधिवक्ता चक्र बहादुर क्षेत्रीले भने ‘ युवा अवस्थामा केटा केटी यर्थात भन्दा भावनामा बग्छन् ’ । जुन कुरा पछि पुरा नहुँदा पारिवारिक बेमेल उत्पन्न भई सम्बन्ध विच्छेद बढ्दो छ । ‘ लहलहैमा विवाह गर्ने सख्या बढ्दो छ ’ अधिवक्ता क्षेत्रीले भने  । कलिलोमा विवाह ग¥यो बुझ्ने भएपछि धेरै कुरामा असमझदारी हुन्छ । किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढने गरेको । त्यसपछि सम्बन्ध विच्छेदकलागि अदालत आउने गर्छन् । 

मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, गरिबी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या भएको उनी थप्छन् ।  अदालतले सके सम्म पती पत्नी बिच मेलमिलापको पहल गर्छ अदालतका श्रेस्तेदार सुमन पाण्डेयले भने त्यहाँबाट समस्या समाधान नभए सम्बन्ध विच्छेदको फैसला गर्छ । सम्बन्ध विच्छेदका लागि बढी महिला आउने गरेका छन् । तर नयाँ मुलुकी संहिता लागु भए पछि पुरुषहरूले पनि सम्बन्ध विच्छेदको मुद्दा दिने बढेका छन् । ‘ श्रीमान् रोजगारीकारलागि बिदेसिन्छिन् अदालतका श्रैस्तेदार सुमन पाण्डेयले भने उनीहरुले पठाएको रेमिटेन्स जथाभाबी खर्च गरेर तडकभडक देखाउँदै दुरुपयोग गरेका कारण पनि सम्बन्ध विच्छेद बढ्दै गएको छ । 

आधुनिक फेसन शैली र रहनसहनको विकृति पनि हो उनले भने यसले श्रीमान् श्रीमतीको सम्बन्ध बिग्रँदा अदालत ढोका घिच्चाउने बढ्दो छन् ।’ । घर परिवारमा शरिरीक मानसिक यातना पाएका, चरम यौन शोषण दाइजो र नपुंसकताले पनि सम्बन्ध विच्छेदका कारण बनेका छन् । अन्तरजातीय प्रेम विवाह बाल विवाह, श्रीमानले गर्ने हिंसा पनि सम्बन्ध विच्छेदको अर्को कारण बनेको अदालतले जनाएको । अदालतमा धरै पर्ने मुद्दा मध्ये सम्बन्ध  विच्छेद पनि एक हो । 

प्रकाशित: ११ श्रावण २०८१ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App