२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

दुर्घटनाग्रस्त जहाज मर्मतका लागि पोखरा आउँदै गरेको खुलासा

पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सौर्य एयरलाइन्सको जहाज मर्मतसम्भारका लागि बुधबार पोखरा आउने तालिका थियो।  

जहाजले मर्मतका लागि ह्याङगर चाहिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको थियो। त्यसका लागि जुलाई २४ मा जहाज पोखरा आउने तालिका प्राप्त भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले बताईन।  

उनका अनुसार सौर्य एयरलाइन्सको पोखरामा नियमित उडान भने छैन। केही समय अघि उडान भएपनि अहिले सौर्यको पोखरामा उडान नरहेको उनले बताईन। प्राधिकरणको पोखरामा आफ्नै ह्याङगर छ। त्यही ह्यांगरमा जहाज मर्मत गरिन्छ।  

अहिले पनि पोखराको ह्यांगरमा एक निजी कम्पनिको जहाज मर्मत भईरहेको छ। काठमाडौंबाट पोखरा उडानकोको क्रममा जहाज दुर्घटनामा परेको काठमाडौंस्थित विमानस्थलले बताएको छ।

प्रकाशित: ९ श्रावण २०८१ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App