२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बाँके राष्ट्रिय निकुञ्जबाट रंगेहात शिकारी पक्राउ

बाँके राष्ट्रिय निकुञ्जले एक जना शिकारीलाई रंगेहात पक्राउ गरेको छ। 

निकुञ्जको संयुक्त गस्ति टोलीले बुधबार राती १२ बजेतिर जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जंगलबाट ४४ वर्षका मोहन थारुलाई पक्राउ गरेको हो।

कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्री निवासी थारुलाई गोली लागेर मरेको भाले चित्तल, एक थान भरुवा बन्दुक, २ राउण्ड गोली र बन्दोबस्तीका सामानसहित पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए।

पक्राउ परेका थारु विरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए। निकुञ्ज क्षेत्रमा चोरी शिकारी हुने गरेको शंकाको आधारमा निकुञ्ज सुरक्षार्थ रणबम गण र निकुञ्जका कर्मचारी संयुक्त रुपमा गस्तीमा खटिएका थिए।

गस्तीका क्रममा महादेवा जंगलबाट थारुलाई रंगेहात पक्राउ गर्न सफल भएको प्रमुख संरक्षण अधिकृत शाहले बताए। 

पक्राउ परेका थारु विद्ध राष्ट्रिय निकुञ्ज ऐन–२०२९ र हात हतियार खरखजना अन्तर्गत मुद्दा चलाइने निकुञ्ज कार्यालयले जनाएको छ। 

प्रकाशित: ४ श्रावण २०८१ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App