२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

एक आर्थिक वर्षमा ६ जनाले लिए गैरआवासीय नेपाली नागरिकता, १३ जनालाई वैवाहिक अंगीकृत

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०८०/८१ मा ६ वटा गैरआवासीय तथा १३ वटा वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार २०८० कात्तिक, पुस, माघ र चैतमा एक–एक गरी चार तथा २०८१ साल वैशाख र असारमा एक–एक थान गरी जम्मा ६ जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान भएको छ।

यस्तै २०८० साल साउनमा १, असोजमा २, कात्तिकमा १, मंसिरमा २, पुसमा १ र माघमा ३, २०८१ साल बैशाख र असारमा १–१ तथा जेठमा २ गरी आव २०८०/८१ मा १३ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको प्रशासन कार्यालयले जनाएको छ। 

यस्तै २०८० साल साउनमा ३ र भदौमा १ गरी ४ जनालाई बंशजका आधारमा नागरिकता प्रदान गरिएको समेत सहायक प्रजिअ भट्टराईले जानकारी दिए। नेपालको संविधान २०७२ को धारा ११ को उपधारा (३)मा जन्मका आधारमा बंशजको नागरिकता दिने सम्वन्धी व्यवस्था रहेको छ।

जसमा जन्मका आधारमा नेपाली नागरिकता प्राप्त सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाण–पत्र संलग्न राखी नेपाली नागरिकता पाउन निवेदन दिए नेपाल नागरिकता ऐन २०६३,नेपाल नागरिकता नियमावली २०६३ र नागरिकता प्रमाण–पत्र कार्यविधि निर्देशिका २०६३ बमोजिमको प्रकृया अपनाई जेजे बुझ्नुपर्छ बुझेर नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ। 

गृह मन्त्रालयले २०७५ साल चैत १९ गते देशभरका प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई बंशजका आधारमा नागरिकता प्रदान गर्ने बारेको परिपत्र गरेको थियो। 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आव २०८०/८१ मा कूल ३ हजार ७ सय ३ जनालाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान गरेको छ भने २ हजार ६ सय ४६ जनालाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपि दिएको जनाएको छ। 

प्रकाशित: ३ श्रावण २०८१ १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App