२८ आश्विन २०८१ सोमबार
image/svg+xml

ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ। तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो।

ताप्लेजुङमा चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा

जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलले नागरिकको जीउधन सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा आएको बताए।

ताप्लेजुङ प्रहरीको नागरिक सुनुवाइमा मञ्जुलको हिरासतदेखि उपभोग्य वस्तुको सहज आपूर्तिसम्म

व्यक्ति बेपत्ता कसुरमा लामो समय थुनामा रहेका मञ्जुल १२ दिनअघि तारेखमा रिहा भएका छन्। उनीमाथि फुङलिङ नगरपालिका–४ निवासी मानसिक अस्वस्थ रहेका वीरेन्द्र फेम्बु लिम्बूलाई परिवारको स्वीकृति बेगर गाडीको टिकट काटी उपत्यकातर्फ पठाएको आरोप छ। भक्तपुरस्थित आफ्नो घर आश्रम नेपालमा वीरेन्द्र सकुशल भेटिएपछि मञ्जुलको हिरासत बसाइलाई मञ्जुल र उनका समर्थकले ‘गैर न्यायिक’ दाबी गर्दै आइरहेका छन् ।

पाथीभरा केबलकारमा सत प्रतिशत स्थानीयहरुलाई रोजगारी दिन्छौंः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ पाथीभरा केबलकारमा सत प्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् ।

ताप्लेजुङमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सुरु

कार्यक्रममा स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख पौडेलले जिल्लाको समष्टिगत स्वास्थ्य अवस्थाको विश्लेषण गरेका थिए भने मासिक तथा वार्षिक प्रतिवेदन र प्रविष्टीमा भइरहेको समस्या तथा सुधारका क्षेत्र समेतको चर्चा गरेका थिए ।

दोस्रो ताप्लेजुङ गोल्डकप : रकम जम्मा नहुँदा तत्काललाई साढे १७ लाख अपुग

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार यसवर्ष ५५ लाख ६४ हजार १ सय २९ रुपैयाँ आयोजकको खातामा जम्मा भइसकेको छ । गोल्डकपमा ७३ लाख २० हजार ७ सय ४८ रुपैयाँ खर्च भईभएको श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्षको खोजीका लागि स्थानीयले गुहारे पालिका सरकार, जनता माझ उपस्थित हुन आग्रह

वडाध्यक्ष बोखिम वैदेशिक रोजगारीका लागि हङकङ गएको स्थानीयको अनुमान छ । उनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी साउदेनलाई दिने वाहेक कार्यवाहक छाडिएको पत्रमा अरु केही कुरा उल्लेख गरेका छैनन् ।

‘तिम्बुङ पोखरी ट्रेल रन’ को तयारी पूरा

समुद्र सतहबाट चार हजार तीनसय मिटर उचाईमा रहेको तिम्बुङ पोखरी क्षेत्रमा हुने ‘तिम्बुङ पोखरी ट्रेल रन’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ।

बाटो मर्मतको माग गर्दै यातायात व्यवसायीद्वारा सिरिजङ्गामा यातायात बन्द

स्थानीय हाइड्रोपावरले सडक मर्मतका लागि गरेको बेवास्ता र ‘दोहोरो सवारी कर’ खारेजीको माग गर्दै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका यातायात व्यवसायीले सेवा ठप्प पारेका छन् । माग सम्बोधन नभएसम्म सवारी नचलाउने उनीहरुको घोषणा छ ।

सम्पन्न भयो लाखे जात्रा

यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ। गत नागपञ्चमीका दिन ताप्लेजुङको भिन्तुना डाँडामा अवस्थित भीमसेन मन्दिरमा विशेष कार्यक्रमगरी सुरु भएको जात्रा कृष्ण जन्माष्टमीको दिनमा जात्रा समापन भएको हो।

ताप्लेजुङ गोल्डकपः टिकटबाट एकै दिनमा १० लाखभन्दा बढी सङ्कलन

अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलमा टिकट बिक्रीबाटै रु १० लाखभन्दा बढी सङ्कलन भएको छ।

ताप्लेजुङ गोल्डकपः उपाधिका लागि सगरमाथा र सलहेस भिड्दै

ताप्लेजुङ गोल्डकपको उपाधिका लागि आज कोसी प्रदेशको सगरमाथा युथ क्लब मोरङ र मधेस प्रदेशको सलहेस फुटबल क्लब सिराहाबीच प्रतिस्पर्धा हुँदैछ।

ताप्लेजुङ गोल्डकप:फाइनल अघिका खेलको प्रवेश शुल्कबाट साढे १३ लाखभन्दा बढी रकम संकलन

जारी ताप्लेजुङ गोल्डकपको फाइनल अघिका खेलमा आयोजक लाखेजात्रा सञ्चालन समितिले प्रवेश शुल्कबाट साढे १३ लाख बढी रकम संकलन गरेको छ।

ताप्लेजुङमा रेडपाण्डा संरक्षणमा दुई करोड खर्च गरिँदै

ताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै आएको हिमाली संरक्षण मञ्चले चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षण अभियानका लागि झन्डै दुई करोड रूपैयाँ खर्चने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्