२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सुरु भयो डोलेश्वरमा साउने मेला

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रावणी मेला सुरु भएको छ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति सूर्यविनायक नगरपालिका–८, भक्तपुर श्रावणी मेला २०८१ तयारी मूल समितिले मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

मेला आजदेखि भदौ ६ गतेसम्म चल्ने छ। मन्दिर पुनर्निर्माणका लागि रकम जुटाउने उद्देश्यले केही वर्षयता यहाँ यस्तो मेला गर्दै आएको छ। श्रावणी मेलाको आयोजना गरी धेरथोर रकम संकलन हुँदै आएको छ।

श्रावणी मेला २०८१ भव्यरूपमा सम्पन्न गर्न समितिका अध्यक्ष धर्मराज बस्नेतको संयोजकत्वमा मूल समिति गठन गरिएको सम्मेलनमा जनाइयो। साथै पूर्वअध्यक्ष राजाराम थापाको संयोजकत्वमा व्यवस्थापन उपसमितिलगायत विभिन्न उपसमिति गठन गरी तयारी गरिएको जनायो। यसरी सम्पूर्ण उपसमितिले जिम्मेवारी लिएपछि श्रावणी मेला २०८१ को तयारी पूरा भएको समितिका अध्यक्ष धर्मराज बस्नेतले जनाए।

श्रावणी मेला २०८१ सम्पन्न गर्न दश लाख खर्च हुने अनुमान गरिएको छ। आजदेखि भदौ ६ सम्म श्रावणी मेला अवधिभर भक्तजनबाट प्राप्त गर्ने दान दक्षिणा भगवान् भेटी र निर्माण सहयोगबाट एक करोड रूपैयाँ संकलन हुने अनुमान गरिएको छ।

श्रावणी मेला २०८१ को कार्यक्रम तालिकाअनुसार आज बिहान ७ बजे कलश यात्रा सुरु हुने छ। यात्रा चन्द्रविनायक गणेशमन्दिरदेखि केदारनाथको शिर डोलेश्वर मन्दिरसम्म हुनेछ।

प्रत्येक सोमबार र शनिबारका दिन विशिष्ट धार्मिक गुरुबाट धार्मिक प्रवचन तथा कलाकारद्वारा भजन कीर्तन तथा प्रस्तुति हुनेछ। विमला गंगा आरतीमा विशिष्ट व्यक्तिको आतिथ्यतामा विमला गंगाआरती हुने जनाइएको छ। ३८ दिन नै स्थानीय गुरुबाट नित्य पूजालगायत पाठ पारायण कार्य हुने जनाइएको छ। भदौ ६ गते वार्षिकोत्सवका दिन मन्दिरको गर्भगृहमा भक्तजनका लागि प्रवेश खुला तथा श्रावणी मेला २०८१ को यज्ञको पूर्णाहुतीसहित समापन हुनेछ।

मेलामा सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरीपरिसर भक्तपुर, महानगरीय प्रहरी वृत जगाती, डोलेश्वर प्रहरी चौकीलाई सुरक्षा व्यवस्थापन र महानगरीय ट्राफिक प्रहरी परिसरलाई ट्राफिक व्यवस्थापन, इन्द्र बक्स गण सूर्यविनायक तथा विभिन्न अस्पतालबाट स्वास्थ्य शिविर, सिपाडोलमा रहेका विभिन्न युवा क्लब, महिला समुह, टोल सुधार समिति, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी र सामुदायिक वन समिति तथा विभिन्न संघसंस्थाबाट स्वयंसेवक परिचालन तथा सिपाडोलमा रहेका खानेपानी समितिबाट खानेपानी व्यवस्थापन गरिने जनाइएको छ ।

मल्लकालीन राजाद्वारा जीर्णोद्धार गरिएको यो मन्दिर १९९० साल माघ २ गते गएको महाभूकम्पले पूर्णरूपले क्षति पु¥याएपछि २००६ सालमा पुनर्निर्माण गरिएको थियो । भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका– ८ मा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर पुनः २०७२ सालमा गएको विनाशकारी भूकम्पले फेरि पूर्ण रूपमा क्षति पु¥याएको थियो । क्षतिग्रस्त भएपछि कार्य समितिले गुरुयोजनाअनुसार नै मन्दिरको पुनर्निर्माण थालनी गर्‍यो ।

प्रकाशित: १ श्रावण २०८१ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App