२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

चट्याङ लागेर १४ भेडा मरे

फाइल तस्बिर

कालिकोटको खाँडाचक्र नगरपालिका-६ को लेखको भेडी गोठमा चट्याङ पर्दा १४ भेडा मरेका छन्।

खाँडाचक्रका स्थानीय लंक शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएको  जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी अर्जुन केसीले जानकारी दिए।

उनका अनुसार लेखमा रहेको भेडी खर्कमा चट्याङ लागेको हो। चट्याङले स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घाइते भएका छन्। 

प्रकाशित: ३१ असार २०८१ १७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App