२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

नेपालगन्जमा चार जना हुन्डी कारोबारी पक्राउ

ठुलो रकमसहित नेपालगन्जमा हुन्डी कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । नेपालगन्ज–१२, बेलासपुरबाट २४ लाख ६२ हजार तीन सय १५ रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।

नेपालगन्ज–१८ का २९ वर्षीय राजेश भुजु श्रेष्ठ, सोही ठाउँका २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर–७ का २९ वर्षीय निमबहादुर बोहरा र कञ्चनपुर घर भई हाल नेपालगन्ज–३ बस्दै आएका ३० वर्षीय राहुल देवल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए । 

हरहिसाब राखेको कपी एक, सानो नोट बुक एक, व्यक्तिहरूका नाममा विभिन्न बैङ्कमा पैसा जम्मा गरेको भौचरसमेत बरामद भएको उनले जनाए ।

बाँकेमा पछिल्लो समय हुन्डी कारोबार बढ्दो छ । यसभन्दा अघि पनि प्रहरीले ठुलो रकमसहित हुन्डी कारोबारी पक्राउ गरेको थियो ।

प्रकाशित: २९ असार २०८१ १९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App