२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

झ्यालबाट हाम फालेर सुरजले जोगाए ज्यान, परिवारका ४ जना बेपत्ता

काठमाडौँबाट गौर तर्फ आउँदै गरेको गणपति डिलक्स बसमा सवार ३ जनाले झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन्।

बसमा सवार ३० जना यात्रुमध्ये २७ जना अझै बेपत्ता छन्।

काठमाडौंबाट रौतहटको गौर तर्फ आउँदै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा सवार गरुडा नगरपालिका वडा नं. ९ का सुरज गुप्ता, सोही स्थानका जुगेस्वर राय यादव र देवाहीगोनाही नगरपालिका १ का नन्दन दासले बसको झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन्।

उनीहरूलाई भरतपुर अस्पताल पठाइएको छ।

दुर्घटनामा सुरज गुप्ताका ५५ वर्षीय बुबा परशुराम साह, ५२ वर्षीया आमा मिना देवी, २६ वर्षीया दिदी रिन्कु देवी र २८ वर्षीय ज्वाइँ निरज साह बेपत्ता छन्। सुरजले भने, 'होस नै भएन कसरी बसबाट हाम फालेछु। तर, बसमा सवार परिवारका कुनैपनि सदस्यलाई जोगाउन सकिन्।'

त्यस्तै सोहि पालिक वडा नं. १ अजगैबी वर्ष ६० का हरिचन्द्र यादव र वर्ष ६५ का बलि राउत कुर्मी, वडा नं. २ इनर्वाका किशोरी पटेलको छोरा राज पटेल, यमुनामाई गाउँपालिका  ५ का २ जना गरी २७ जना बेपता रहेको बौधिमाई नगरपालिकाका मेयर प्रत्यासी अमर साहले बताए।

अहिले गोताखोरसहितको टोली बसको खोजीमा लागिरहेका छन्।

प्रकाशित: २८ असार २०८१ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App