२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सप्तकोसीमा जलसतहले पार गर्‍यो खतराको तह, कोशी ब्यारेजको ४६ ढोका खोलिए

सप्तकोसी नदीको जलसतहले खतराको तह पार गरेको छ। सप्तकोशी  जलमापन केन्द्रका अनुसार सप्तकोशीमा आज यस वर्षकै सबैभन्दा उच्च तह मापन गरिएको छ।

आज बिहान ८ बजे सप्तकोसीेमा तीन लाख ४२ हजार ५२० क्युसेक जलसतह मापन गरिएको हो।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन्। शनिवार राति तीन एक लाख १६ हजार ८ सय क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको थियो भने आइतवार बिहान ६ बजे ३ लाख १६ हजार ८ सय क्यूसेक जलसतह मापन गरिएको थियो।

पहाडी क्षेत्रमा शुक्रवारदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो। जलसतह उच्च भएपछि खतराको संकेत रातो बत्ति बालिएको केन्द्रले जनाएको छ।

कोसीमा जलसतह सतर्कता तह पार गर्दै गएपछि उदयपुर, सुनसरी र सप्तरीका डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले अपील गरेको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको छ।

प्रकाशित: २३ असार २०८१ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App