२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोले कर्णाली राजमार्ग अवरुद्व

वर्षाले आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

दहीखोला र कालिखोलाको बीचको गगने खोला  दैलेख खण्डकै पादुका लगाएका  ठाउँमा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए।

उनका अनुसार अहिले पनि गगनेखोलामा ठूला ढुङगा खसी रहेकोले राजमार्ग खुलाउन नसकिएको बताइएको छ। यस्तै कालिकोटको टाकुल्ला,खल्लाघाट,सेरिघाट र गग्लीलगाएको ठाउँमा पनि सडक अबरुद्ध भएको छ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला र कालिकोटका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन्।

प्रकाशित: २२ असार २०८१ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App