१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सेना दिवसका अवसरमा न्यानो काख सेवा समाजलाई सहयोग

नेपाली सेनाको शमशेर गुल्म कालीकोटले न्यानो काख सेवा समाजलाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ। २६१औं सेना दिवसका अवसरमा सो गुल्मले कालीकोटको मान्ममा रहेको सो संस्थालाई सहयोग हस्तान्तरण गरेको हो।

हस्तान्तरण गरिएका सामग्रीमा १५ वटा झोला, १५ वटा पानी बोतल, १५ जनालाई कापी, पेन्सिल कलर र खेल्ने सामग्री, ३ प्याक चामल, ३ क्यारेट अन्डा, २ केजी भटमास, ११ केजी दाल, १० केजी, नुन २ केजी सिमी, ३ लिटर तेल, चना, बिस्कुट, ज्योमेट्रिक बक्स रहेका छन्।

यस सेवा समाजमा १३ जना अनाथ बालबालिका छन्। आमा–बुबा गुमाएका अनाथ तथा सहाराविहीन १३ जना बालबालिकालाई सानो सहयोगस्वरुप सहयोग हस्तान्तरण गरेको नेपाली सेनाको शमशेर गुल्मले जनाएको छ।

न्यानो काख सेवा समाज २०७८ सालमा अनाथ बालबालिकाको रेखदेख र पालनपोषणका लागि स्थापना गरिएको सञ्चालक कल्पना मल्लले बताइन्।

प्रकाशित: २५ फाल्गुन २०८० १८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App