११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

आउनुहोस् देशभक्त शक्तिहरू एकताबद्ध भई अघि बढौँ : झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई समाजवादको बाटोमा अघि बढाउन देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका योद्धा रत्नकुमार बान्तवाको ७३औँ जन्मजयन्ती एवं ४६औँ स्मृति दिवसका अवसरमा बुधबार श्रद्धासुमन व्यक्त गर्दै उनले मुलुकको राष्ट्रियतालाई संरक्षण गर्दै जनताका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न एकताबद्ध हुनुपर्ने बताएका हुन्।

“समाजवादको दिशामा देश, जनता र राष्ट्रलाई अघि बढाएर मात्र हामीहरू अमर सहिद रत्नकुमार वान्तवाप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न सक्छौँ। त्यसैले आउनुहोस् यो देशका समस्त देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरू एकताबद्ध बनौँ र समाजवादको उच्चतम लक्ष्य तिर अघि बढौँ,' उनले भने।  

विसं २००८ चैत २७ गते जन्मिएका नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका योद्धा रत्नकुमार वान्तवालाई तत्कालीन पञ्चायती शासकले इलामको इभाङ्ग (हाल माङ्सेबुङ्ग गा.पा) मा २०३५ साल चैत २७ गते गोली हानी हत्या गरेको थियो।

प्रकाशित: २८ चैत्र २०८१ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App