२७ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

टाटा सुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते

महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका– ५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका– १ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा– १ स्थित सडक खण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेस प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो। ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटा सुमोले विपरीत दिशाबाट साइकलमा  आउँदै गरेका यावदलाई ठक्कर दिएको थियो।

सोही टाटा सुमोको ठक्करबाट ट्र्याक्टरमा सवार पिपरा– ५ का ६० वर्षीय झप्सी कबाडी गम्भीर घाइते भएका थिए।  उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ।  टाटा सुमो पनि मटिहानी ४ स्थित सडकछेउमा पल्टिएर दुर्घटना भएको थियो। प्रहरीका अनुसार चालक फरार रहेका छन्।  –रासस

प्रकाशित: २१ फाल्गुन २०८० ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App