१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई रवि लामिछानेको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन्।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशभरका दुध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए। किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामथ्र्य राख्ने चेतावनी दिए। उनले भूमिहिन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको बताए। चुनावी फण्डा नभइ सुकुम्वासी आयोग र भूमि आयोगले विशेष ध्यान दिइ समस्या समाधान गर्नुपर्ने उनले बताए।

उनले भने, ‘मेरो निर्वाचन क्षेत्र र देशभरका दुध किसान र मह किसानहरु मारमा परेका छन्। अर्कोतिर पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको छ। किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामथ्र्य राख्दछन्। होशियार रहनुहोला। भूमिहिन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको छ, यसलाई चुनावी फण्डा होइन, सुकुम्वासी आयोगले, भूमि आयोगले विशेष गरी विशेष ध्यान दिओस्। यसलाई खेलाँची रुपमा नलिओस्। भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको छ र भरतपुर ३ को नगर वनको विकल्प यथाशिघ्र खोजियोस्।’

प्रकाशित: १० फाल्गुन २०८० १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App