१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

थप चेकजाँचका लागि चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो

बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई चिरायु अस्पतालबाट ग्राण्डी अस्पताल लगिएको छ।
 
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार चौधरी र थापालाई थप चेकजाँचका लागि ग्राण्डी अस्पताल लगिएको हो। 
 
बिहीबार थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको समस्या रहेको भन्दै महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो।  चिरायु अस्पतालले थप चेकजाँचका लागि ग्राण्डी अस्पताल रेफर गरेको सीआईबीले बताएको छ। 

प्रकाशित: १९ माघ २०८० १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App