युवा कार्टुनिष्ट रवि मिश्रको बानेश्वरस्थित एनबी सेन्टरको उमोजा कफिमा एकल कार्टुन प्रदर्शनी चलिरहेको छ। १७ वर्षदेखि कार्टुनमा रमाइहेका मिश्रले प्रर्दशनीको नाम ‘डिपिक्सन’ नाम दिएर प्रदर्शनी गरिरहेका छन्। प्रर्दशनीमा ३५ वटा कार्टुन राखिएका छन्। डेढ दशमा मिश्रले ३ हजार भन्दा धेरै कार्टुन बनाईसकेका छन्।
![](https://images.nagariknewscdn.com/photos/1705989437_418407234_1106280180553704_128076745589858195_n.jpg)
कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए। ‘जुन–जुन बेला मैले देखे, समाजको स्वरुप–चित्र, अवस्था त्यसलाई दृश्य उतारेको मात्रै हो, यो सम्पत्ति मेरो मात्र होइन समाजको उपज पनि हो यो प्रदर्शनी मैले देखेको बेला बेलाको समाजको चित्र हो’, उनले भने।
![](https://images.nagariknewscdn.com/photos/1705989351_420166050_389804026861629_6118885373056358043_n.jpg)
प्रदर्शनीमा मिश्रले पछिल्लो ५ वर्षमा बनाएका कार्टुन समावेश गरेका छन्। पछिल्लो ५ वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यंग्य कसिएका कार्टुन प्रदर्शनीमा राखिएका छन्। कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रुपमा स्थापित गर्न कार्टुन प्रदर्शनी गरिएको मिश्रले बताए। ‘कर्नर किक’ शिर्षकमा मिश्रका कार्टुन सञ्चार माध्यममा प्रकाशित हुने गरेका छन्।
![](https://images.nagariknewscdn.com/photos/1705989385_414194770_167176326488428_6202993301609563737_n.jpg)
कार्टुनलाई अखबारका पन्नाबाट प्रदर्शनीसम्म ल्याईपुयाएका मिश्रले कार्टुनका लागि नयाँ जमिनको खोजिको सुरुवात गरेका छन्। कार्टुनिष्ट क्लब अफ नेपालका महासचिव समेत रहेका मिश्र नयाँपत्रिकामा आबद्ध रहेका छन्।
प्रकाशित: ९ माघ २०८० ०५:५७ मंगलबार