४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णालीमा हिमपात, हवाई उडान प्रभावित

हिमाली जिल्ला जुम्लासहित अन्य जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। सोमबार बिहानैदेखि हिमपात सुरु भएको हो। अग्लो ठाउँमा हिमपात भएको छ भने सदरमुकाम आसपासमा हिउँसँगै पानी परिरहेको छ। आइतबार मौसममा बदली भई रातिदेखि भारी हिमपात भएको हो।

गत वर्ष ढिला हिमपात सुरु भए पनि यसपटक भने मंसिर तेस्रो सातामा हिमपात भएको हो। हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। हिमपातले हिमाली जिल्ला हवाई यातायात सेवा पनि अवरुद्ध भएको छ। जुम्लाको सिँजा क्षेत्र कनकासुन्दरी, सिँजा, तिला र हिमा गाउँपालिका सदरमुकाम क्षेत्र पातारासी, गुठीचौर, तातोपानी र चन्दननाथ नगरपालिकाका माथिल्लो भेगमा बढी हिमपात भएको छ।

लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसान हिउँ पर्न थालेपछि खुसी भएको सिँजा ६ का वडाध्यक्ष लालबहादुर बुढाले बताए। त्यस्तै डोल्पा, मुगु र कालिकोटका माथिल्लो भागमा पनि हिमपात भइरहेको छ। हिमपातले हवाई सेवा बन्द भएको छ। सोमबार मुगु, डोल्पा, हुम्ला र जुम्लामा हवाई उडान हुन नसकेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: १८ मंसिर २०८० ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App