७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

यसरी गालियाे तस्करीको सुन (तस्बीरहरु)

मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा गालिएकाे छ।   

सुन गाल्ने काम मंगलबार बिहान १०ः३० बजेबाट सुरु भएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकार दिए। टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने काम सुरु भएको थियाे।   अब केहीबेरमा टक्सार महाशाखानले सुनकाे गालेपछिकाे ताैलबारे जानकारी दिने छ। 

यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ। गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ।  

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो। त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो।

तस्बीरहरूः

प्रकाशित: ३० श्रावण २०८० ०६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App