लुम्बिनीमा जन्मेका गौतम बुद्धले २५ सय वर्ष अगाडि मनलाई कसरी सफा र सुन्दर बनाउने भन्ने ज्ञान संसारलाई बाँडे। बुद्ध जन्मस्थल नजिकै रहेको तिलोत्तमा नगरपालिका यतिबेला नगरलाई कसरी सफा र सुग्घर राख्ने ज्ञान मुलुकलाई बाँड्दै छ।
त्यसैले नगरले फोहोर व्यवस्थापन केन्द्रलाई ‘फोहोर प्रशोधन तथा ज्ञानकेन्द्र’ नाम दिएको छ, जहाँ मुलुकभरका विभिन्न पालिकाबाट व्यक्ति आएर फोहोर व्यवस्थापनमा तिलोत्तमाले अपनाएको उत्तम अभ्यास सिकेर फर्कन्छन्।
‘यो डम्पिङ साइट होइन, फोहोरमैला व्यवस्थापन तथा ज्ञान केन्द्र हो। त्यसैले यसलाई हामीले ज्ञान केन्द्रका रूपमा विकास गरेका छौं,’ मेयर रामकृष्ण खाण भन्छन्, ‘मुलुकमा रहेका अन्य स्थानीय तहका मानिस पनि यहाँ आएर केही सिकून् भन्ने हाम्रो चाहना छ।’ आफूलाई ‘ग्रिन र क्लिन’ बनाउँदै गरेको यो पालिका उनले भनेजस्तै आफैमा उत्तम र अरूका लागि उदाहरणीय बन्न पुगेको छ।
नगर रातारात सफा भएको होइन। राजधानीलगायतका ठाउँमा अझै पनि यत्रतत्र प्लास्टिक छरिएर रहेको समयमा यसले ५ वर्ष अगाडि नै आफूलाई प्लास्टिकमुक्त नगर घोषणा गरेको थियो। २०७६ चैत ३० मा तिलोत्तमालाई मुलुकको पहिलो पूर्ण सरसफाइ उन्मुख र शून्य खुला पोलिथिन नगरपालिका घोषणा गरेको थियो।
लुम्बिनीमा जन्मेका गौतम बुद्धले २५ सय वर्ष अगाडि मनलाई कसरी सफा र सुन्दर बनाउने भन्ने ज्ञान संसारलाई बाँडे। बुद्ध जन्मस्थल नजिकै रहेको तिलोत्तमा नगरपालिका यतिबेला नगरलाई कसरी सफा र सुग्घर राख्ने ज्ञान मुलुकलाई बाँड्दै छ।
जसको कार्यान्वयनका लागि उसले कडा नियमका साथै विभिन्न चेतनामूलक कार्यक्रम चलाएको थियो। जुन अझै जारी छ। त्यसैले हो अहिले मुलुकका सात सय ५३ स्थानीय तहमध्ये तिलोत्तमा मुलककै पहिलो पूर्ण सरसफाइ उन्मुख नगरपालिका हो। फोहोर व्यवस्थापनलाई दिगो बनाउन उसले स्थानीय पाठ्यक्रममा ‘माई पकेट: माई फस्ट डस्टबिन’ भन्ने पाठ समेत समावेश गरेको छ। नगरलाई अझै सफा र चिटिक्क बनाउन नगरपालिकाले ‘ग्रिन तिलोत्तमा: क्लिन तिलोत्तमा’को अभियान पनि चलाएको छ। विद्यालयस्तरमा समेत यो कार्यक्रम कार्यान्वयन गरिएको छ। जसका कारण कलिला नानीहरूसमेत चकलेटका कागज कतै नफाली खल्तीमा राखेर डस्टबिन राखेको ठाउँमा लगेर फाल्ने गर्छन्।
यो नगर सफा हुनुमा प्रतिकूल अवस्थामा पनि राम्रो कामको निरन्तरता दिने संस्कार पनि हो। तिलोत्तमा नगरपालिकाका तत्कालीन नगरप्रमुख वासुदेव घिमिरेले बनाएका सडकको सरसफाइ र हरियाली प्रवर्धनका कार्यक्रमलाई हालका नगरप्रमुख रामकृष्ण खाणले थप परिष्कृत गर्दै निरन्तरता दिएपछि नगर थप सुन्दर देखिएको हो। सरसफाइको काममा नगरवासी यति दत्तचित्त देखिन्थे कि उनीहरूले कोरोना कालमा समेत अत्यन्न कष्टकर समयबाहेक अन्य समयमा आफ्नो काम रोकेनन्।
नगरपालिकाले अघि सारेको हरियाली प्रवर्धन एवम् नियमित सरसफाइ अभियानमा स्थानीयको उत्तिकै साथ रहेको छ। जसका कारण मूल सडकसँगै भित्री सडक पनि सफा र सुन्दर देखिएका छन्। हरियालीसहितका सफा र चौडा सडकमा राखिएका बुद्धका मूर्तिसँगै तिलोत्तमा शान्त र सुन्दर देखिन्छ तर यत्तिकैमा खाण सन्तुष्ट छैनन्। ‘तिलोत्तमालाई वातावरणमैत्री बनाउने चरणमा हामीले पनि अझै धेरै गर्नुपर्ने छ,’ उनी भन्छन्, ‘सफाइलाई कुनै दिन र उत्सवभन्दा पनि जीवन पद्धति बनाएपछि मात्र साँचो अर्थमा सहर सफा हुन्छ।’
बुद्धले पहिला आफूलाई चिनौं भनेजस्तै हामीले पनि पहिला फोहोरलाई चिन्नु जरुरी रहेको उनले बताए। ‘फोहोर फ्याँकेर मात्र सकिन्न, यसको पुनप्र्रयोग गर्नैपर्छ,’ उनले भने, ‘तिलोत्तमा त्यही बाटोमा हिँडेको छ।’
फोहोर व्यवस्थापनमा उनीहरूमा पलाएको नवीन ज्ञानले धेरै वर्ष पहिला गाडेको फोहोरसमेत उठाउन सिकाएको छ। ‘फोहोरको महत्व नबुझ्दा गाडेको फोहोरसमेत अहिले डोजर लगाएर निकाल्दै छौं,’ मेयर बालकृष्ण खाण भन्छन्, ‘त्यो दबिएको फोहोर पनि अहिले आम्दानीको माध्यम बनेको छ।’
यो नगर सफा हुनुमा प्रतिकूल अवस्थामा पनि राम्रो कामको निरन्तरता दिने संस्कार पनि हो। तिलोत्तमा नगरपालिकाका तत्कालीन नगरप्रमुख वासुदेव घिमिरेले बनाएका सडकको सरसफाइ र हरियाली प्रवर्धनका कार्यक्रमलाई हालका नगरप्रमुख रामकृष्ण खाणले थप परिष्कृत गर्दै निरन्तरता दिएपछि नगर थप सुन्दर देखिएको हो।
नगरको सफाइमा मेयर–उपमेयर नै हातमा कुचो लिएर निस्कन थालेकाले पनि सर्वसाधारणको गतिलो साथ पाएको हो। निरन्तर सरसफाइ अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककै पहिलो पूर्ण सरसफाइउन्मुख नगरपालिका बनाउन सफल भएको हो।
तिलोत्तमा नगरपालिकालाई ‘ग्रिन र क्लिन नगरपालिका’ बनाउने अभियानमा वडाका प्रतिनिधि, मेयर, उपमेयरसँगै सिंगो नगरवासीको हात रहेको बताउँछन्। अहिले पनि हरेक महिनाको १ गते र १५ गते तालिका नै बनाएर वडा वडामा कुचो, डस्टबिन लिएर समूह नै जाने गर्छ। यसरी गएको १ सय शृंखलाभन्दा बढी भइसकेको खाणले बताए।
‘जनप्रतिनिधि र नागरिकको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्छ,’ मेयर रामकृष्ण भन्छन्, ‘यसो भयो भने जतिसुकै विकराल समस्याको पनि समाधान हुन्छ।’ नगरपालिकाका अनुसार यहाँको हरियाली प्रवर्धन एवम् नियमित सरसफाइका लागि हरेक वर्ष दुई करोड रूपैयाँ बजेट विनियोजन हुने गरेको छ। नगरको नियमित सरसफाइका लागि ४४ जना सफाइकर्मी परिचालन गरिएको छ। प्रत्येक वडामा दुई दुई जनाका दरले कर्मचारी खटाइने गरेको छ।
फोहोर व्यवस्थापनमा निजी क्षेत्रको प्रभावकारी सहयोग
तिलोत्तमा नगरपालिकाले नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र जनसहभागिता वास स्वास्थ्य सहकारी संस्था लि.को सहकार्यमा सरसफाइको काम गर्दै आएको छ। यहाँ पनि फोहोरलाई घरबाटै छुट्याएर कुहिने फोहोर मल बनाउने र नकुहिने फोहोर संकलन केन्द्रमा ल्याउने गरिन्छ। नकुहिने फोहोरमध्ये पनि रिसाइकल हुने प्लास्टिकलाई बिक्री गर्ने र रिसाइकल नहुने चाउचाउ, बिस्कुट, चक्लेट आदिका प्लास्टिकलाई पेलेर ब्रिकेट बनाई नजिकका उद्योगहरूमा प्रयोगका लागि बिक्री गरिन्छ।
सरसफाइ अभियानलाई दिगो बनाउन नगरपालिकाले ‘माई पकेट: माई फस्ट डस्टबिन’ भन्ने पाठ स्थानीय पाठ्यक्रममा समावेश गरेको छ। जसका कारण कलिला नानीहरू चकलेटको कागज कतै नफाली खल्तीमा राख्छन् अनि जहाँ डस्टबिन भेट्छन्, त्यहाँ खसाल्छन्।
‘हामीले नगर सफा राख्नुका साथै केही आयआर्जन पनि गरेका छौं,’ निजी संस्था वास सहकारी संस्थाका प्रमुख खेमप्रसाद गौतम भन्छन्, ‘इमान्दारीका साथ काम गर्ने हो भने नगर सफा राख्न कुनै समस्या छैन ।’ यति बेला फोहोर प्रशोधन तथा ज्ञान केन्द्रबाट हरित रोजगार सिर्जना भएको उनले बताए।
नगरपालिकामा ३५ हजार घरधुरी रहेका छन्। धेरैजसो कृषि पेसामा रहेका कारण यहाँ कुहिने फोहोरको समाधानमा त्यति समस्या छैन। त्यसमा पनि कतिले त गँड्यौले मल पनि उत्पादन गर्ने हुँदा त्यसमा पनि रोजगार सिर्जना भएको छ। कुहिने फोहोर घरमै व्यवस्थापन गरी प्राङ्गारिक र गँड्यौला मल बनाउन सिकेका छन्। घरघरमा कुहिने फोहोर व्यवस्थापन र नकुहिने संकलन हुन थालेपछि नगर सरसफाइयुक्त बन्दै गएको छ।
फोहोर व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगले पनि तिलोत्तमा नगरपालिकालाई थप सहज बनाएको छ। नगरपालिकाले फोहोर संकलन र व्यवस्थापनका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी नेपाल र वास स्वास्थ्य सहकारी संस्थासँग सहकार्य गर्दै आएको छ।
‘व्यवस्थापनमा अत्याधुनिक औजारको प्रयोगले नगर सफा, सुन्दर बन्दै छ,’ मेयर खाण भन्छन्, ‘यसले नगरवासीलाई खुसी बनाएको छ।’ नगरपालिकाले सुखौरा खोलामा प्रशोधन केन्द्र निर्माण गरेको छ। जहाँ विभिन्न प्रविधि प्रयोग गरेर फोहोरलाई थप वर्गीकरण गर्नुका साथै प्याकिङ, प्रेसिङलगायतका काम गरिन्छ। ‘हरित पुनरुत्थान प्रवर्र्धन परियोजना’ अन्तर्गत फोहोर संकलन, प्रशोधन तथा बिक्री गर्दै आएको मेयर खाणले बताए।
लुम्बिनी क्षेत्रमा फोहोर व्यवस्थापन साथै अन्य विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको युएनडिपी नेपालका लुम्बिनी तथा गण्डकी प्रदेश प्रमुख सुदीप अर्यालले फोहोर व्यवस्थापनमा तिलोत्तमाले देखाएको उत्तम अभ्यास अनुकरणीय रहेको बताए।
उनले फोहोरलाई स्रोतका रूपमा प्रयोग गर्नुपर्ने बताउँदै कुहिने फोहोरबाट प्राङ्गारिक मल बनाई उत्पादन बढाउने तथा मल्टिलियर प्लास्टिकमार्फत विभिन्न सामग्री बनाउन सकिने बताए।
नगरले फोहोर जम्मा गर्ने ठाउँलाई डम्पिङसाइट नभनेर ‘फोहोर प्रशोधन तथा ज्ञानकेन्द्र’को नाम दिएको छ। यहाँ मुलुकमा रहेका विभिन्न पालिकाका व्यक्ति आएर फोहोर व्यवस्थापनमा तिलोत्तमाले अपनाएको उत्तम अभ्यास सिकेर फर्कन्छन्।
फोहोर संकलन, व्यवस्थापन तथा प्रशोधनमा तिलोत्तमा नगरपालिकाको एक करोड ७१ लाख ४० हजार, युएनडिपीको १ करोड ६३ लाख ९७ हजार र वास सहकारीको ५७ लाख ५० हजार गरी करिब ५ करोड लगानी भएको छ। यहाँ दैनिक संकलन गरिएको फोहोरमध्येको ९० प्रतिशत फोहोर पुनःउपयोग गर्न सकिने खालको रहेको वास सहकारीका अध्यक्ष खेमप्रसाद गौतमले बताए। बाँकी १० प्रतिशतको पनि व्यवस्थापन गर्न सकिने उनको बुझाइ छ।
तिलोत्तमाका मेयर नगरवासीको सहयोगले निकै खुसी छन्। व्यवस्थापनमा निजी क्षेत्रको सहभागिताले उनलाई थप आशावादी बनाएको छ। आफ्नो नगर सफा बनाएर नगरवासीलाई खुसी बनाएका उनी अन्य ठाउँमा व्यवस्थापन नगरेको देख्दा भने दिक्क मान्छन्। त्यसैले उनी फोहोर व्यवस्थापनमा आफ्नो नगरको ज्ञान केन्द्र भ्रमणको निम्तो सबैलाई दिन्छन्। ‘कसैले भनेका थिए-मेरो कोठामा छिर्दा तिमी धुलो खुट्टा लिएर आए पनि आऊँ तर फर्कंदा सफा खुट्टा लिएर जाउँ,’ मेयर खाँड सुुनाउँछन्,
प्रकाशित: ६ श्रावण २०८० ०२:२० शनिबार