काठमाडौं-५ मा सस्मितको फराकिलो अग्रता
सस्मितले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप र नेकपा एमालेका ईश्वरलाई निकै पछाडि पारेका छन्। अहिलेको प्रारम्भिक रुझान हेर्दा यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको पकड बलियो देखिएको छ।
सस्मितले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप र नेकपा एमालेका ईश्वरलाई निकै पछाडि पारेका छन्। अहिलेको प्रारम्भिक रुझान हेर्दा यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको पकड बलियो देखिएको छ।
चितवन निर्वाचन क्षेत्र नम्बर-२ को प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ।
काठमाडौं क्षेत्र नम्बर-८ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठले एकतर्फी अग्रता कायम राखेका छन्।
अन्य दलको कुरा गर्दा नेकपा (एमाले) बाट भक्तपुर २ मा महेश बस्नेत २४२ मत र बाँके २ मा मोहम्मद इश्तियाक राई ६८५ मतका साथ अगाडि छन्। यस्तै, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ काठमाडौं ३ मा एक हजार ४१ मतका साथ अग्रतामा छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक बोहराले फराकिलो अग्रता बनाएका छन्।
रौतहट क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भएको छ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र ६ सय ४४ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका मोहन राज रेग्मीले २ सय १० मत प्राप्त गरेका छन्। यस क्षेत्रमा २९ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।
भक्तपुर क्षेत्र नम्बर-२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन्।
गौडेलले २०२ मतका साथ अग्रता कायम गर्दा उनलाई नेकपा एमालेका सूर्य प्रसाद ढकालले १४१ मतका साथ पछ्याइरहेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार चौधरी १०० मतका साथ तेस्रो स्थानमा छन्।
सर्वाधिक चासोको केन्द्र बनेको झापा निर्वाचन क्षेत्र नम्बर-५ मा मतगणना सुरु भएको छ। मतपेटिका संकलन भएसँगै बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि गणना थालिएको हो।
प्रतिनिधि सभा निर्वाचन २०८२ को पछिल्लो मतपरिणाम अनुसार काठमाडौंका दुई महत्त्वपूर्ण क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीले अग्रता लिएका छन्।
प्राप्त नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमै फराकिलो अन्तरसहित अग्रता लिएको छ। रास्वपाले १ हजार ७ सय १४ मत प्राप्त गरेको छ।
काठमाडौं क्षेत्र नम्बर-३ को मतगणनामा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरुवाती अग्रता लिएका छन्।
कुल १ लाख १७ हजार ३५४ मतदाता रहेको यस क्षेत्रमा ७४ हजार ५ सय ५८ जनाले मतदान गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतपेटिका सकलन गरी सर्वदलीय बैठक लगत्तै गणना प्रक्रिया सुरु गरिएको हो।
सर्वदलीय बैठकको निर्णयपछि कृष्णपुर नगरपालिका–९ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए।