१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

स्वच्छ वातावरणीय मौलिक हकका लागि वृक्षरोपण

काठमाडौं महानगरपालिका– १३ ताहाचलस्थित जनप्रभात माध्यमिक विद्यालयपरिसरमा सोमबार ‘प्लास्टिक प्रदूषणविरुद्ध लागौं भन्ने नाराका साथ वृक्षरोपण गरिएको छ। वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जाल काठमाडौंको आयोजनामा भएको उक्त वृक्षरोपण कार्यक्रम जडिबुटी तथा फलफूलका १०८ बिरुवा रोपिएका छन्।  

विश्व वातावरण दिवसको अवसर पारेर पर्यावरण स्वच्छता बढाउने उद्देश्यका साथ विद्यालयपरिसरमा विभिन्न प्रजातिका वृक्षरोपण गरिएको सञ्जालका अध्यक्ष निरू महर्जनले बताइन्। उनले सिंगो विश्व वातावरण प्रदूषणको समस्याले पिरोलिएको बताउँदै वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले एकअर्कालाई प्रभाव पारिरहेको बताए। जनप्रभात माविका प्रधानाध्यापक सत्येन्द्रलाल कर्णले वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जालले गरेको कार्यक्रमले आफ्नो विद्यालयपरिसर हरियाली हुने बताए। कामपा २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले बिरुवा रोप्न सजिलो तर हुर्काउन गाह्रो हुने भएकाले बिरुवालाई आफ्ना बालबच्चासरह नियमित हेरचाह गर्नुपर्नेमा जोड दिए। त्यस्तै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामशरण डंगोलले वृक्षरोपणले विद्यालय क्षेत्रलाई प्रदूषणमुक्त पार्न सहयोग पु¥याउने र यसबाट विद्यार्थी नै बढी लाभान्वित हुने बताए। यस्तै वायु प्रदूषण न्यूनीकरण गर्न काठमाडौं महानगरपालिकाले विष्णुमती नदीलाई छुने महानगरका १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ।  

कार्यक्रममा कामपा १३ वडाका वडा सदस्यहरू रजनी महर्जन र मैयाँ देउला तथा २० वडाका सदस्य अनेश चित्रकारलगायत वातावरणसम्बन्धी कार्य गर्ने संस्था एन्फो, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी एवं शुभेच्छुकहरूको सहभागिता थियो।

प्रकाशित: २३ जेष्ठ २०८० ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App