२४ आश्विन २०८२ शुक्रबार
image/svg+xml १२:१२ अपराह्न
राजनीति

जनार्दनको प्रश्न- ९/९ पटक सरकारको नेतृत्व गर्दा कम्युनिष्ट पार्टीले के गर्‍यौँ ?

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कम्युनिष्टहरूले ९ पटकसम्म सरकारको नेतृत्व गरे पनि जनताको अवस्था नबदलिएको बताएका छन्।

मङ्गलबार (आज) काठमाडौंमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा 'वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन' विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उनले यस्तो बताएका छन्।

'आजसम्म ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ। तर, आज देशको गरिबीको अवस्था, उत्पीडित जातिमाथिको अत्याचारको अवस्था, महिलामाथिको हिंसाको अवस्था, विभिन्न जानजातिहरूको पहिचानका मुद्दाहरूको अवस्था, उस्तै छ। हराइरहेका छन्। आज लाखौँ हाम्रा सहयोद्धाहरू, युवाहरू विदेशमा गएर श्रम-पसिना बगाइरहेका छन्। आज हाम्रो देशको जमिन बाँझो छ, खण्डहर बन्दैछ। यो अवस्थामा हामी छौँ। इतिहासको कटु सत्य हो, ९/९ पटक सरकारको नेतृत्व गर्दा हामीले के गर्‍यौँ, के बदल्यौँ वा किन गरेनौँ ? हाम्रा व्यवहार, तरिकाहरूलाई हामीले फेर्न सक्छौँ कि सक्दैनौँ भन्ने मूल कुरा हो। फेर्न सक्दा यसको जवाफ आउनेछ, फेर्न नसक्दा विघटनतर्फ जानेछ,' उनले भने।

उनले कम्युनिष्टहरू 'बिना लगानी खर्बपति बन्ने' बाटोतिर गएको उनले बताए।

प्रकाशित: ६ श्रावण २०८२ १४:४६ मंगलबार

खुशी 66.7 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 33.3 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App