२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बालेन र सुदनविरुद्ध चितवनमा पनि मुद्दा

काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध चितवन प्रहरीमा पनि किटानी जाहेरी परेको छ ।  

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका चितवन जिल्ला संयोजक अमित आचार्यले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझे पनि दर्ता हुन बाँकी रहेको आचार्यले बताए । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै अनेरास्ववियूले विभिन्न जिल्लामा उजुरी दिइरहेको छ ।  

जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको आचार्यले बताए । चितवनका एसपी गोबिन्द पुरीले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताए ।

प्रकाशित: २२ आश्विन २०८२ २०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App