१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै छन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधि सभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरूबीच पहिलो पटक संवाद हुन लागेको हो।

राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरू छलफलमा सहभागी हुने जनाइएको छ।

प्रकाशित: २४ आश्विन २०८२ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App